DiscoverSBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Claim Ownership

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Author: SBS

Subscribed: 1,594Played: 51,357
Share

Description

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
1189 Episodes
Reverse
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
In Australia, government-subsidised rental housing is available for eligible households. Assessment is based on need under criteria that vary depending on your state or territory. Here’s what to expect when applying for different types of housing assistance, some common myths around social housing and where to reach out for help. - अस्ट्रेलियामा योग्य परिवारहरूलाई सरकारद्वारा भाडामा सब्सिडी सहितका आवासीय सुविधा उपलब्ध गराइन्छ। यो राज्य वा प्रदेश अनुसार विभिन्न मापदण्ड अन्तर्गत आवश्यकताको आधारमा मूल्याङ्कन गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आवास सहायता आवेदन प्रक्रियाका अपेक्षाहरू, सामाजिक आवास सम्बन्धी रहेका केही भ्रमहरू र सहयोग वा जानकारीका लागि कहाँ सम्पर्क गर्ने भन्नेबारेमा जानकारी दिनेछौ।
Adelaide-based cricketer Deepak Chetry has been selected in the Cricket Australia Masters Over 40s ‘A’ squad for the One Day and T20 matches happening in Dubai from April 1 to 12. SBS Nepali spoke with the long-time Adelaide University cricketer, who also works as a cricket coach, about his cricketing journey from once training in Nepal's under-15 camp to representing the Aussie team on an international platform. - एडिलेडमा बसोबास गर्दै आएका दिपक क्षेत्री क्रिकेट अस्ट्रेलिया मास्टर्स ओभर ४० को ‘ए’ टोलीमा छनोट भएका छन्। उक्त टोलीले आउँदो अप्रिल १ देखि १२ सम्म दुबईमा हुने एकदिवसीय र टी२० खेलहरू खेल्न गइरहेको हो। नेपालमा सानै उमेरदेखि क्रिकेट खेल्दै आएकाो बताउने क्षेत्री लामो समयदेखि एडिलेड युनिभर्सिटीबाट प्रिमियर क्रिकेट खेल्नुका साथै एक क्रिकेट प्रशिक्षक पनि हुन्। अस्ट्रेलियन राष्ट्रिय टोलीमा उनको पछिल्लो ऐतिहासिक उपलब्धि र समग्र क्रिकेट यात्राबारे क्षेत्रीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 10 March 2026 at 2 PM, and repeat on Sunday 15 March on SBS Radio 2 from 4 PM featuring weekly global news wrap, developments in the Nationals Party following David Littleproud’s resignation from the leadership and the election of Matt Canavan as leader, security concerns raised by Nepali business owners in Melbourne, conversations with voters who returned to Nepal from abroad to take part in the recent election, and a report on the importance of sunscreen from the Australia Explained podcast series. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १२ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण तथा आइतवार, १५ मार्च अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारणमा भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचार, नेश्नल्सको नेतृत्वबाट डेभिड लिटलप्राउडको राजीनामा पछि म्याट क्यानभन प्रमुख चुनिएको त्यस्तै मेलबर्नका नेपाली व्यवसायीहरूले व्यक्त गरेको सुरक्षा चिन्ता, नेपालको निर्वाचनमा भाग लिन विभिन्न देशहरूबाट घर फर्किएका मतदाताहरूसँगको कुराकानी र अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाबाट सनस्क्रिनको महत्वबारे रिपोर्ट समावेश गरेका छौं। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Following Nepal's March 5 elections, preparations are underway to form a new government. Many voters travelled back to Nepal from abroad specifically to cast their ballots. Our Nepal correspondent Pratichya Dulal spoke with Utpal Mishra, who returned from the United States, Astha Kattel, a student in Germany, and Janak Singh Rawal, who travelled from Dubai. They say they made the journey home to vote in the hope of promoting good governance and a corruption-free society. - नेपालमा जेन‍ जी प्रदर्शनी पछि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने सुरसार हुँदैछ। उक्त चुनावमा भाग लिन अस्ट्रेलिया लगायत देश-विदेशबाट नेपाली मतदाताहरू घर फर्किएका थिए। सोही क्रममा, अमेरिकाबाट नेपाल पुगेका उत्पल मिश्र, जर्मनींमा पढदै गरेकी आस्था कट्टेल र हाल इरान द्वन्दले प्रभावित खाडी क्षेत्रस्थित दुबईमा कार्यरत धनगढीका जनकसिंह रावलसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।
For Suman Chhetri, March began with a community clean-up at a park in Blacktown. Chhetri, the President of the Association of Bhutanese in Australia (ABA) – Sydney, says the organisation has been running cleaning efforts for more than a decade as part of Clean Up Australia Day, held on the first Sunday of March. Hear why the initiative is meaningful for him and the wider community. - सिड्नीका सुमन क्षेत्रीको मार्च महिना, ब्ल्याक्टाउनस्थित एक पार्कमा भएको सामुदायिक सरसफाइ कार्यक्रमबाट सुरु भयो। हरेक वर्ष मार्चको पहिलो आइतवार मनाइने ‘क्लीन अप अस्ट्रेलिया डे’को अवसरमा एसोसिएसन अफ भुटनीज इन अस्ट्रेलिया - सिड्नीले, गत १५ वर्षभन्दा लामो समयदेखि यस्तै अभियान गर्दै आएको वर्तमान अध्यक्ष क्षेत्री बताउँछन्। यसले समुदायका लागि के अर्थ राख्छ भन्ने विषयमा उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Listen to the latest top news from Australia in Nepali, including Dennis Richardson’s explanation for resigning as special adviser to the antisemitism royal commission, Ahmed Al Ahmed’s thanks to Australians for their support, and Iran’s new Supreme Leader’s vow to continue striking U-S bases across the Gulf region. - बोन्डाइ आक्रमणमा “लोकल हिरो अफ द इयर” घोषणा गरिएका एहमद अल एहमदको अस्ट्रेलियनहरूलाई धन्यवाद, मध्यपूर्वका अमेरिकी अमेरिकाका आधार शिविरहरूमा आक्रमण जारी राख्ने इरानी नयाँ 'सुप्रिम लिडर'को चेतावनी, 'एन्टीसेमिटिजम्' सम्बन्धी शाही आयोगका प्रमुख सल्लाहकार डेनिस रिचर्डसनको राजीनामा र महिला अस्ट्रेलियन ओपन लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Queensland Senator Matt Canavan has been elected leader of the Nationals following David Littleproud's resignation, appointing Darren Chester as his deputy. The conservative leader aims to challenge net-zero targets, address fuel crises, and advocate for child care reform. - क्वीन्सल्यान्डका सिनेटर म्याट क्यान भानलाई नेश्नल्स पार्टीको प्रमुखका रूपमा चयन गरिएको छ। डेभिड लिटलप्राउडले मङ्गलवार राजीनामा दिएपछि उनले बुधवारदेखि नेतृत्व सम्हालेका हुन्। एक रिपोेर्ट।
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Glenroy in Melbourne’s north is home not only to many Nepali-owned businesses and a large Nepali-speaking community, but also houses Nepal’s Consulate for Victoria. However, recent attacks on two tobacco shops in the suburb’s main shopping precinct have raised concerns amongst the neighbouring local Nepali business owners about their own safety and the security of their businesses. Listen to our report featuring the reactions of some Nepali business owners and their views on the situation. - उत्तरी मेलबर्नस्थित ग्लेनरोइमा भिक्टोरियाका लागि नेपालको कन्सुलेट, थुप्रै नेपाली पसलहरू र नेपालीभाषीहरूको बाहुल्यता छ। तर, गएका केही हप्ता यता उक्त सबर्बको मुख्य बजारस्थित चुरोट तथा सुर्तीजन्य सामग्रीहरू बेचबिखन हुने दुई पसलहरूमा आक्रमण भएपछि भने स्थानीय नेपाली व्यवसायीहरू आफ्नो तथा व्यवसायको सुरक्षालाई लिएर चिन्तित भएका छन्। यसै सन्दर्भमा एसबीएस नेपालीले ग्लेनरोइ पुगेर ती व्यवसायी तथा स्थानीय नेपालीभाषीहरूसँग गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
Learn about Nepali community events across Australia, including an Australian citizenship information session in Alice Springs, a children’s literary program in Sydney on 10 March, and a community diabetes awareness program in Sydney. - एलिस स्प्रिङ्गस्मा अस्ट्रेलियाको नागरिकता लिन चाहनेहरूका लागी उपयोगी जानकारी दिने कार्यक्रम हुने त्यस्तै १० मार्चमा सिड्नीमा बाल साहित्यिक कार्यक्रमको आयोजना गर्ने र मधुमेह बारे जानकारी दिन सिड्नीमा सामुदायिक मधुमेह कार्यक्रम लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
Listen to the latest top news from Australia in Nepali, including Iran warns oil prices could hit $US200 a barrel if the Middle East war spreads further, and the resignation of Dennis Richardson, Special Advisor to the Royal Commission, has raised concerns. - मध्यपूर्वमा युद्ध जारी रहे पेट्रोलको भाउ दोब्बर हुने इरानको चेतावनी, 'एन्टीसेमिटिजम्' भनिने यहुदी मानिसहरूप्रतिको पूर्वाग्रह वा भेदभावका घटनाहरू र सामाजिक एकता सम्बन्धी शाही आयोगका एक प्रमुख सल्लाहकार डेनिस रिचर्डसनको राजीनामा चर्चा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Listen to the latest top news from Australia in Nepali, including David Littleproud quits as federal National Party leader, and two more members of the Iranian women's football team request asylum in Australia. - नेशनल पार्टीको नेतृत्वबाट डेभिड लिटलप्राउडले राजिनामा दिएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Six months after youth-led protests in Nepal ousted the government, voters have elected 35-year-old Balendra Shah. After defeating former prime minister KP Sharma Oli, the former Kathmandu mayor is now poised to lead the country. Listen to a report on how the rapper-turned-politician rose to power. - गत सेप्टेम्बरमा जेन-जी युवा प्रदर्शन पछि भएको आम-निर्वाचनमा नेपाली मतदाताले ३५ वर्षीय बालेन्द्र शाहलाई विजयी बनाएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै काठमाण्डूका पूर्व मेयर शाह देशको प्रधानमन्त्री बन्ने तरखरमा रहेका छन्। ‘र्‍यापर’बाट राजनीतिज्ञ बनेका शाह को हुन् र कसरी छोटो समयमा नै उनले नेपालको राजनीतिमा यति ठुलो फड्को मारे त? सुनौँ यो रिपोर्टमा।
Listen to the latest top news from Australia in Nepali, including Australia to send an E-7A Wedgetail aircraft and missiles to the Gulf to protect civilians from unprovoked attacks by Iran after a request from the United Arab Emirates. - युनाइटेट अरब इमिरेट्सको अनुरोधलाई सम्बोधन गर्दै अस्ट्रेलियाले ई7ए वेज टेल विमान तथा क्षेप्यास्त्र पठाउने लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
As Nepal’s election votes are being counted, the Rastriya Swatantra Party (RSP) has established itself as a major political force. Listen to our conversation with members of the Nepali community in Melbourne about their hopes and expectations from Nepal’s next government. - नेपालमा बिहीवार, मार्च ५ मा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना अन्तिम चरणमा रहेको बताइएको छ। तीन वर्ष अघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारी मत ल्याएको छ। अब बन्ने नयाँ सरकारबाट कस्तो अपेक्षा राखेका छन् अस्ट्रेलियाका नेपालीभाषीहरूले? हामीले मेलबर्नको नेपाली समुदायका केही सदस्यहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
Listen to our weekly update on key developments in Nepal over the past seven days: The Rastriya Swatantra Party (RSP) establishes itself as a major political force, Ujwal Thapa of Bibeksheel campaign remembered, Pushpa Kamal Dahal (Prachanda) remains one of the few old faces in the new parliament, the interim Karki government commended for fulfilling its responsibilities and the commission formed to investigate the incidents during the Gen Z uprising last September submits its report. - तीन वर्ष अघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत बिहीवार, ५ मार्चमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मार्फत एक्लै सरकार गठन गर्ने सामर्थ्य सहित मुख्य शक्तिको रूपमा उदाएको, नवनिर्वाचित युवा नेतृ रञ्जु दर्शनाद्वारा विवेकशील अभियानका उज्ज्वल थापाको सम्झना, अब बन्ने संसद्मा देखिने थोरै पुराना अनुहार मध्ये पुष्पकमल दाहाल (प्रचण्ड) एक, सरकारले आफ्नो जिम्मेवारी समयमै सकाएकोमा प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा र सेप्टेम्बर ८ अनि ९ मा घटेका घटनाको जाँचबुझ गर्न बनेको आयोगले अन्तरिम सरकार समक्ष आफ्नो प्रतिवेदन बुझायो लगायत गए सात दिन यताका नेपालका प्रमुख समाचार सुन्नुहोस्।
loading
Comments (3)

ANIL REGMI

good to hear about the prime minister

Mar 31st
Reply

ANIL REGMI

thanks

Mar 31st
Reply

बासुदेब भट सलेना भाटिगाउ

Basu Dve Bhatta

Oct 28th
Reply
loading