Discover
Comments on:

8 Episodes
Reverse
नेपाली गजल एल्बम– लुकेको रहर गजल- ९ कति सुनका कुरा गरौं अब गुनका कुरा गर्मी भो प्रिय थालौ अब जूनका कुरा । चाहिया हो न्यानोपन खोजियो त्रि्रो हृदय आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा । आफन्त माया मारी पराय आफ्नो बनायौ दाजुभाई गरिरहेछन् रातदिन खूनका कुरा । छ हिसाव बाँकी अझै चुक्ता गर्न निकै … Continue reading Kati Sun →
नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति भारीभो कैले … Continue reading Deoralima →
नेपाली गजल एल्बम– लुकेको रहर गजल- ७ त्यो मृत्युको आभास आइरहन्छ किन कतै बोलाएझैं गीत गाइरहन्छ किन । म गीत गाउँदा गाउँदै ढलिजान सक्छु हरपल संगीत दिलमा छाइरहन्छ किन । लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ केवल दुखिरहने शव्द पाइरहन्छ किन । सबैलाई बाँड्न रैछ यही मुटु प्यारो फकाई कसैले हरदम खाइरहन्छ किन । (शब्द रचना– नवराज … Continue reading Tyo Mrityu →
नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरु पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै पर्दा मात्र चाहिने … Continue reading Mera Sabai →
नेपाली गजल एल्बम– लुकेको रहर गजल- ४ दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निरासाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरुलाई बाँडनु ठूलो रैछ । … Continue reading Dui Din →
नेपाली गजल एल्बम– लुकेको रहर गजल- ३ साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के के लेखें सधैं सधैं … Continue reading Sakchhi Chhaina →
नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले ताने स्वर … Continue reading Jali Maya →
नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्यो कि कसो थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु … Continue reading Nepali Gazal Songs →




