Discover
Shramik Sanjal
157 Episodes
Reverse
आजको लाईभमा हामीः
यूएई अपडेटः
- अन्तराष्ट्रीय श्रमिक दिवस (May- 1) तारिक को अवसरमा 1000औ श्रमिकहरूलाई यूएईमा फ़्री स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइयो।जसमा विभिन्न हेल्थ केयरका कर्मचारीहरूद्वारा नॅाच,गान साथै पुसअप कम्पिटिसन गराएर श्रमिक दिवस मनाइयो।
- ईदको अवसरमा यूएईमा सरकारी क्षेत्रमा ९ दिन र प्राइवेटमा ५ दिनका लागी विदा घोषणा गरिएको छ।
- ईदको अवसरमा विभिन्न ईमिरेट्समा पार्किगं फ़्री।दुबई ईमिरेट्समा April -30 देखि May -6 तारिक सम्म 7 दिनका लागी पार्किगं फ़्री गरिएको छ।
- ईद मनाउॅदा कोभिड - १९ का सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाउन यूएई बासीलाई अनुरोध।
- दुबई प्रहरीले ब्रिटिस नागरिकको दुबई एयर्रपोर्ट भित्र हराएको 70,000 दिराम एक घण्टा भित्रमा यात्रुलाई फिर्ता दिन सफल भएको छ।
- यूएई प्रहरीले सम्पूर्ण सवारी चालकहरूलाई ट्राफिक नियम पालना गरेर सुरक्षित तरीकाले सवारी साधन चलाउन सचेत गराएको छ।
- इद अल फित्रको अवसरमा नेपाली राजदूतावास अबुधावी मे -२ र मे -३ तारिक बन्द रहनेछ।
-ओमानका राजाले इद अल फित्रको अवसरमा जेलमा रहेका ३०० कैदीहरूलाई माफी दिएका छन्।
कुवेत:
-श्रम दिबसको सबै साथीहरुलाई शुभ-कामना ।
-कुवेतमा भोलीबाट इद। सबैलाई ईद मुबारक ।
-कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डा र Kuwait Investment Authority का Managing Director Mr. Ghanem Al-Ghenaiman बीच कोभिड-१९ पछिको वैदेशिक लगानीको वर्तमान अवस्था, नेपालमा भएका लगानीका संभावना र अवसर सम्बन्धी छलफल भएको छ।
-इद भरीमा ३ लाख ५२ हजार १४० ले उडानबाट यात्रा गर्ने । २ लाख ७ हजार ७६० यात्रीले कुवेत छाड्ने छन भने १ लाख ४४ हजार ३८० जना कुवेत भित्रिदै ।
-बिभिन्न शहरबाट भिसा नियम उल्लङ्घन गर्ने १६ आप्रवासीहरु पक्राउ ।
-आज १ मे २०२२ बाट खोप लगाएका सबै यात्रुहरुलाई कुवेत आउँदा पीसीआर आवश्यकता नपर्ने ।
-‘श्रम कानून’ उल्लङ्घन गर्ने ९२ वटा पसलहरु बन्द।-PAM
- सम्झौतापत्र अनुसारको नभएर नक्कली रोजगारको प्रलोभन देखाएमा ३ वर्ष जेल र जरिवाना गरिने ।-PAM
मलेशिया:
-मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिन बिच छलफल । नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव।
-मलेशियामा आजबाट बाहिर हिड्दा मास्क नलगाए पनि हुने तर इन्डोर र सार्बजनिक यातायातमा भने मास्क लगाउनै पर्ने ।
साउदीअरब:
-साउदीको कानुन ( शरिया ) र अन्य कानुनहरुले नागरिकहरुको ब्यक्तिगत गोपनियतालाई कभर गर्ने गर्छ । यदि कसैले पनि कुनै पनि ब्यक्तिको व्याक्तिगत जिवनमा असर पार्ने खालको क्रियाकलाप गरेमा एक बर्ष जेल र ५ लाख रियल जरिवाना हुने जनाएको छ ।
कतारः
-इद अल फित्रको अवसरमा निजि क्षेत्र लाई ३ दिन बिदा दिने श्रम मन्त्रालय ले जनाएको छ ।
-इद बिदामा समुन्द्री किनार तिर घुम्न जाने योजना बनाइरहनु भएको छ भने हेरेर मात्र जानु होला
हाम्रो आगामी बिदेश जानु पहिले कार्यक्रममा सहभागी हुनको लागी यो फारम भर्नुहोलाः bit.ly/bideshjanupahile
आजको लाईभमा पनि हामीले बिभिन्न देशका अपडेटको साथमा तपाईँ हाम्रै भलाकुसारी गर्ने छौँ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आज पनि हामीले हाम्रै बारेमा करा गर्छौँ । मतलब श्रमिक साथीसँगै जोडिएका कुराकानी । तपाईँले हाम्रो लाईभलाई शेयर गरेर साथै कमेन्ट र लाईक गरेर सपोर्ट गर्न सक्नुहुनेछ । श्रमिक चौतारीमा आबद्धताको लागी https://forum.shramiksanjal.org
आजको लाईभमा पनि हामीलेः
यूएई अपडेटः
- फेक ईमेल,वेबसाइट, अनलाइन अकाउन्ट बनाएमा यूएई दिराम २ लाख सम्म जरिवाना साथै २ वर्ष सम्म त्यस्तो गर्ने व्यक्ति लाई सजाय हुन सक्ने।
- यूएई रेसिडेन्सले अब पार्क प्रवेश गर्ने कार्ड विधुतीय माध्यमबाट नै रिन्यू गर्न सकिने।
- यूएई दिराम ३ लाख जतिको घडी चोरी गरेका कारण २ व्यक्ति पक्राउ परेका छन्।
- अबुधावी एयरपोर्ट र दूबई एयरपोर्ट यो हप्ता मार्च - २५-२८ देखि अप्रिल ७-९ सम्म बढी व्यस्त रहने।( यूएईका विधालयहरूमा Spring break ) का कारण यात्रा गर्ने संख्या बढ्ने।
- अहिले सम्म झण्डै २१ मिलियन भिजिटर्सले एक्स्पो - २०२० भिजिट गरिसकेका छन्।
- रमादानको अवसरमा Carrefour मा १०,००० Items मा 50% Discount ( Multiple Categories - food, beverage, technology)
- दुबईमा एक Nanny ले बच्चाको indecent video click गरेर सेयर गरेका कारण ३ महिना जेल सजाय र त्यसपश्चात देश निकाला गरिने भएको छ।
कतारः
-कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रम मन्त्री डाक्टर अलि बिन समिख अल मर्रीसँग दोहामा शिष्टाचार भेटवार्ता साथै कतारमा कार्यरत नेपाली हरु सग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
-रमादानलाई लक्षित गर्दै दैनिक उपभोग्य बस्तुको मुल्य घट्यो । करिब ८ सय बस्तुको मुल्य घटेको हो ।
-फिफाले बिश्वकपको टिकट बिक्री खुला गरेको छ ।
-अनडकुमेन्टेड भएर बसेका आप्रवासी श्रमिकलाई घर फर्कने या आधा जरिबाना तिरेर कतारमै डकुमेन्टेड भएर बस्ने समय सिमा मार्च ३१सम्म मात्र ।
साउदी अरेबियाः
- हिजो बसेको साउदि सरकारको क्याबिनेटले अब देखि साउदि अरब आउने सम्पुर्ण श्रमिक तथा अन्य यात्रुलाइ अब पि सि आर र आए पछिको क्वारेन्टाइनको जरुरत नपर्ने भएको छ साथै कोरोनाको कारणले लगाइएको सम्पुर्ण नियमहरु हटाउने निर्णय भएको छ !
श्रमिक सञ्जालमा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org
Voting Right सम्बन्धी आफ्नो धारणा सहित सहमती असहमती जनाउनको लागीः https://forms.gle/2nB8KasTe6ApYSvF6
'बिदेश जानु पहिले' 1 April 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।
आजको कार्यक्रममा बैदेशीक रोजगार बिभागका महानिर्देशक सँगको कुराकानी हेर्न सक्नुहुन्छ ।
यूएई
-मार्च -३१ सम्ममा यूएई फर्किन पाईने ।
-कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउनु भयो या लगाउने सोचमा हुनुहुन्छ भने ध्यान दिनु पर्ने केही कुरा ।
-कोभिड-१९ बिरुद्धको भ्याक्सिन कहाँ-कहाँ र कसरी लगाउन पाईन्छ ?
-दुबाईमा क्वारेन्टाईनको नयाँ नियम ।
-अब डेजर्ट सफारी पनि खुल्ने तयारी - सारजाह
-सारजाह प्रहरीले ट्राफिक एक्सीडेन्ट घटाउन नयाँ क्याम्पेन सुरु गरेको छ ।
-नक्कली मुद्रा सोसियल मेडियाबाट बेच्न खोज्ने ग्याङ दुबाईमा पक्राउ ।
-यूएईमा ८% जनताले खोप लगाईसके ।
-महिलालाई दुर्वब्याहार गरेको कारण १५,००० दिहराम जरिमाना ।
कुबेत:
-कुबेत आउने सबै यात्रुहरूलाई निशुल्क र अनिवार्य PCR कुबेत एयरपोर्टमै ।
-२ दिनमै १४० वटा उडान ।
-यू.के को उडान अनिश्चित कालको लागी बन्द ।
-बेलुका ८ बजेदेखी बिहान ४ बजे सम्म ब्यापारीक उडान नहुने ।
-कुबेत बाहिर जानेले मुसाफिर र कुबेत आउनेले स्लोनिक मोवाईल एप्लिकेसन डाउनलोड गर्नै पर्ने ।
-डिसेम्बर भरीमा ६७८२ वटा घरेलू कामदार सम्बन्धी उजूरी दर्ता ।
-ओमनमा भिषा नभईकन बसेकाहरूलाई भिषा लगाएर बन्न पाउने समय थप गरीयो मार्च सम्म ।
आजको लाईभमा रहनेछन्:
-साउदी अरेबियाले आफ्नो उडान र बोर्डर आजदेखी पुन: सूचारू ।
-हिमालयन एयरलाईन्स ले काठमान्डौ-रियाद आफ्नो उडान थालेको छ ।
-ओमनमा कोभिड-१९ बिरुद्धको भ्याक्सिनको कुनै साईड ईफेक्ट नभएको भन्ने सूचना ।
-दुबाई एक्पो २०२० मेट्रो छिट्टै सुरु हुँदै जसमा २०३० सम्ममा दैनिक २,७५,००० यात्री यात्रा गर्न सक्ने ।
-Abu Dhabi Toll gate मा कस कसलाई र कहिले कहिले छुट हुनेछ ?
-नक्कली पिसीआर लिएर दुबाई जान लागेका ७ जना पक्राउ ।
- माघ १ गतेबाट नयाँ श्रम स्विकृति पनि अनलाईन बाटै गरीने ब्याबस्था मिलाईँदै ।
आज पनि हामीले बिबिध बिषयमा कुरा गर्ने छौँ भने हजुरहरूका कमेन्ट हरु पनि लिने छौँ ।
आजको लाईभमा पनि हामिले सँधै जस्तै हजुरहरू सँगै अबको केही समय बिताउने छौँ । हजुर हाम्रै बिषयमा कुरा गर्ने छौँ ।
आजपनि सँधै जस्तै हामीलाई काम लाग्ने केही अपडेट हजुरले गर्नु भएका कमेन्ट, साथै अन्य हाम्रै बिषयमा कुरा हुनेछन् । आउनोस् अब एक्कैछिन साथमा यात्रा गरौँ ।
तपाईंलाई काम लाग्ने जानकारीहरु लिएर आएका छौं । कुन देशबाट हेर्दै हुनुहुन्छ कमेण्ट बक्समा लेख्न नभुल्नु होला ।
आजपनि हामिले सँधै जस्तै हाम्रै कुरा गर्छौँ । हामीसँग केही हाम्रा अपडेट केही हजुरका कमेन्ट र केही छलफल रहनेछन् । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर सपोर्ट गरीदिनु हुनेछ भन्ने अपेक्षा छ ।
आज हामिले हजुरका कमेन्ट लिने छौँ । हामीसँग बिभिन्न अपडेटहरू पनि छन् ।
आजको यो लाईभमा पनि हामिहरु बिबिध बिषयमा कुरा गर्ने छौँ भने तपाईँका कमेन्ट पनि लिने छौँ ।
नमस्कार । श्रमिक सञ्जालको फेसबुक लाईभ तपाईंलाई कस्तो लाग्छ ? के कस्ता बिषयलाई समेटन सके यो लाईभ अझै प्रभावकारी हुने थियो होला ? हामीलाई कमेण्ट बक्समा लेख्न नभुल्नु होला है । साथै, तपाईंलाई काम लाग्ने जानकारीहरु त छँदै छ हामी सँग आज।
आज पनि सँधै जस्तै हामि हजुरहरूका प्रश्न अथवा कमेन्टहरु लिने छौँ । साथै केही हामिलाई काम लाग्ने अपडेटहरू पनि साथमा रहनेछन् ।
श्रमिक सञ्जालको यो लाईभमा हामीले श्रमिक सम्बन्धी बिभिन्न अपडेटका साथमा तपाईँहरूका फेसबुकमा आएका कमेन्टहरू पनि समेट्ने छौँ ।
Our Platforms:
YouTube Channel
Facebook Page
TikTok Profile
आजको श्रमिक भलाकुसारीमा पनि सँधै जस्तै हजुरको साथ रहने कुरामा आशा बादी छौँ ।
श्रमिक भलाकसारीको अर्को एउटा नयाँ भाग, जहाँ तपाईँ हामिले हाम्रै बिषयमा गन्थन गर्नेछौँ ।कमेन्टमा आफ्ना कुरा लेख्दै गर्नुहोला हामिले क्रमश तपाईँका कमेन्टलाई पढ्दै जानेछौँ ।
SS FB Live 354 Shramik bhalakushari
आज पनि सँधे जस्तै हाम्रो तपाईँ सँगको भलाकुसारी का साथै केही अपडेटहरू रहने छन् । तपाईँ कमेन्ट गर्दै गर्नुहोला ।
Shramik Sanjal (SS), is a membership-based a worker-led network of migrant workers, most of whom are low-income migrants in the Gulf states and Malaysia. We are a voluntary network that aspires to be the voice of the voiceless, working for the well-being of fellow migrant workers. We work closely to educate, empower, and support migrant workers and advocates for their right to live with dignity and work in a decent and safe condition.







