DiscoverMySansar
MySansar
Claim Ownership

MySansar

Author: MySansar

Subscribed: 2Played: 13
Share

Description

Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media.
34 Episodes
Reverse
यस अडियो पडकास्टमा, एक पुरुषको मौन चीत्कार सुन्नुहोस्। यो घटना पीडित भएर पनि दोषी बनाइएका ती पुरुषहरूको प्रतिनिधि हो, जसको मौनतालाई समाजले कहिल्यै सुन्दैन।🎧 सुन्नुहोस्, किनभने पीडाको कुनै जेन्डर हुँदैन।👉 सम्पूर्ण ब्लग पढ्न: https://mysansar.com/2025/06/52575/
आज हामी एउटा यस्तो घटनाबारे कुरा गर्दैछौं जसले पत्रकारिताको विश्वसनीयता र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगमाथि गम्भीर प्रश्न उठाएको छ। शिकागो सन-टाइम्स नामक पत्रिकाले हालै आफ्नो "हिट इन्डेक्स" गाइडमा एक ग्रीष्मकालीन पठन सूची (summer reading list) प्रकाशित गर्‍यो। यो सूचीमा वास्तविक लेखकहरूका धेरै काल्पनिक (अस्तित्वमा नभएका) पुस्तक शीर्षकहरू समावेश थिए। सबैभन्दा चिन्ताजनक कुरा के हो भने, यो सूची आंशिक रूपमा AI द्वारा उत्पादन गरिएको थियो।
घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफलता’बाट प्रभावित भएर थप मिडिया कम्पनीले पनि आइपिओ निकाल्ने तयारी गरिरहेको छ।
नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका छन्केही समय अघिदेखि यस्तो समाचार, फेसबुक स्टायटसहरु तपाईँले प्रशस्तै देख्नुभएको होला। एउटा मात्र अनलाइन होइन, थुप्रै अनलाइनहरुमा यस्तै लेखियो। तर धेरैले लेख्दैमा गलत कुरा साँचो हुने होइन। डम्बरबहादुर दलित समुदायका पहिलो डिआइजी होइनन्, पहिलो को हुन् ? यो खोज्न भने अलि मेहनत गर्नुपर्‍यो। आउनुस् हेरौँ, प्रमाणसहित।https://mysansar.com/2025/05/52508/
नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। विद्युत प्राधिकरणको नाफा त सबै कृत्रिम रहेछ, कुलमानले नक्कली आम्दानी देखाएका रहेछन्, अहिले त अर्बौँ घाटा रहेको पो देखियो – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए साबहरुसँग खास कुरो के हो भन्ने जिज्ञासा राखेँ। उनीहरुले प्राविधिक कुरा बुझाइदिएपछि पो छर्लङ्ग भएँ- मिडियाले हिसाब नबुझेका रहेछन्। अथवा कुलमानलाई खुइल्याउने नियतले बुझ पचाएर जनता झुक्याउन खोजेका रहेछन्। थप : https://mysansar.com/2025/05/52490/
loading
Comments