उपभोक्ताले राज्य छ भन्ने अनुभूति गर्न पाउनुपर्छ
Update: 2023-11-25
Description
दैनिक जीवनयापनका लागि केही न केही किन्ने र बेच्ने प्रक्रिया चलिरहन्छ । यस्तो प्रक्रिया अनिवार्य छ । हाम्रो दैनिकी सञ्चालनका लागि केही न केही उपभोग गर्नै पर्छ । कुनै पनि वस्तु वा सेवाको आवश्यकता भएपछि त्यो वस्तु वा सेवा किन्ने क्षमता वा आर्थिक हैसियत हुनुपर्छ । यसरी आवश्यकता अनुसारका सरसामान किन्ने क्षमता र किन्ने तत्परता भइ उपभोग वा प्रयोगका वस्तु किन्नेलाई उपभोक्ता भनिन्छ । र, सर्बसाधारण मानिसदेखि देशकै उच्च ओहोदामा रहेका मानिसहरु उपभोक्ता नै हुन् । उपभोक्ता संरक्षण ऐन २०७५ ले कुनै वस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्थालाई सम्झनुपर्छ भनेको छ । यसै विषयमा उपभोक्ता हित संरक्षण मञ्चकी उपाध्यक्ष उपभोक्ता अधिकारकर्मी सुवर्णप्रभा गुरागाइँसँग गरिएको कुराकानी २०८० असोज २७ गते प्रशारण गरिएको थियो ।
Comments
In Channel






