DiscoverNepal Red Cross SocietyRadio_Program Together for Humanity_143 episode
Radio_Program Together for Humanity_143 episode

Radio_Program Together for Humanity_143 episode

Update: 2017-07-30
Share

Description

रगत जीवन हो । यो विकल्प रहित हुनुमा नै यसको महत्वको अनुपात आँकलन गर्न सकिन्छ । मावन शरीरबाट मानव शरीरमा सञ्चार हुने एक मात्र मानव शरीरमा मात्र बन्ने यस तत्व यसलाई तपाई हामीले दान गरेमात्र अरुको जीवन बचाउन सकिन्छ । त्यसैले प्रत्येक रक्तदाता हिरो हो भनिन्छ ।
यही रगतको व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटीले वि.सं. २०२३ साल साउन १२ गतेदेखि रक्तसञ्चार सेवा शुरु गरेको हो । यो सेवा शुरु गरेको ५१ वर्ष भैसकेको छ । शुरुको वर्ष १५७ युनिट रगत सङ्कलन गरेको नेपाल रेडक्रसले अहिले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रक्त सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको छ । यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरु सञ्चालन भएका छन् ।
यो सबै स्वयंसेवी रक्तदाताहरुमा भरिएको मानवीय भावनाले गर्दा नै हो । उहाँहरुको योगदानले नै रेडक्रसले रगतको मागलाई सम्वोधन गरिरहेको छ । अझै पनि सम्पूर्ण मागलाई धान्न सक्ने अवस्था आइसकेको छैन । त्यसैले धेरै भन्दा धेरै मानिसहरुले यसमा सहभागिता जनाइदिनुभयो भने रगतको अभावमा कसैले मर्न नपरोस् भन्ने कुराको सुनिश्चितता हुने थियो ।

Comments 
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

Radio_Program Together for Humanity_143 episode

Radio_Program Together for Humanity_143 episode

Nepal Red Cross Society