तिहार विशेष: केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग - १)
Update: 2025-10-24
Description
नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। बिहीबार, अक्टोबर ९ दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट प्रसारण भएको उक्त कार्यक्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। हाम्रो पोडकास्टको यो अङ्कमा केर्न्स रिजनल काउन्सिलमा इन्जिनियरका रूपमा कार्यरत सञ्जय पराजुली, ग्लोबल अर्गानाइजेसन अफ पिपल अफ इन्डियन ओरिजिन (गोपियो) केर्न्सका प्रमुख सुवास क्षेत्री तथा नर्स रोजिना क्षेत्रीसँग केर्न्सको बसाइँ, तिहार लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।
Comments
In Channel



