DiscoverKantipur Hotlineऔषधिसम्बन्धी कानुनले  समेट्न नसकेका थुप्रै विषय सम्बोधनका लागि विधेयक : नेता पौडेल
औषधिसम्बन्धी कानुनले  समेट्न नसकेका थुप्रै विषय सम्बोधनका लागि विधेयक : नेता पौडेल

औषधिसम्बन्धी कानुनले  समेट्न नसकेका थुप्रै विषय सम्बोधनका लागि विधेयक : नेता पौडेल

Update: 2023-10-18
Share

Description

काठमाडौं कार्तिक १,

औषधि थोक व्यवसायी संघ बागमती प्रदेशले आज राजधानीमा बडादशैं तथा दिपावलीको अवसरमा शुभकामना आदन प्रदान तथा संसदमा हालै दर्ता भएको औषधिसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको गैरसरकारी विधेयक विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ।

अन्र्तक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली काँग्रेस नेता प्रदिप पौडेलले पछिल्लो समय समग्रमा स्वास्थ्य क्षेत्रमा बढ्दो असन्तुष्टिलाइ कानुनत सम्बोधन गर्नका लागि आफुले औषधि ऐन–२०३५ लाई खारेजी प्रस्ताव सहित स्वास्थ्य सामग्री उत्पादन, भण्डारण, बिक्री वितरण तथा नियमनको प्रस्ताव सहितको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको बताउनुभएको छ।


त्यस्तै उहाँले मानव स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने औषधि र औषधि जन्य सामाग्रीको विषयमा मौजुदा औषधि कानुनले समेट्न नसकेका थुप्रै विषयलाइ कानुनको दायरामा समेट्दै आम उपभोक्ता संगै पेशागत व्यवसायीक क्षेत्रको हितार्थ आफुले प्रारम्भिक पहलकद्मी लिने क्रममा विधेयक दर्ता गरेको बताउनुभयो ।




साथै संसदमा विधेयक दर्ता भएकै कारण आज यो बहस हुन सकेको हो भन्दै सासंद पौडेलले औषधिसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको गैरसरकारी विधेयक दर्ता भएको र यो छलफलकै क्रममा रहेको भन्दै उहाँले सरोकारवालासंगको छलफल सहित यसलाइ थप परिमार्जित गरिने बताउनुभयो ।


त्यस्तै कार्यक्रममा फेनक्यानका अध्यक्ष सुरेन्द्र मानन्धरले हालै संसदमा दर्ता भएको औषधिसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको गैरसरकारी विधेयकमा सवै सेक्टरको नियम एकै संस्थाले गर्न नसक्ने जनाउ सहित फूड सप्लिमेन्ट्सको विषयमा राज्यको दुइ नियमक निकायवीच चलेको जुहारीका कारण व्यवसायी मर्कामा परेको गुनासो गर्नुभयो ।


साथै उहाँले यसअघि औषधि व्यवस्था विभागले औषधि व्यवसायीले औषधीको कारोवार गर्ने हो, फूड सप्लिमेन्ट्स अर्थात आहारपुरक खानाको होइन भन्दै जफत गरेको स्मरण सहित खाद्य पदार्थको परिपूरकको रुपमा प्रयोग हुने फूड सप्लिमेन्ट्सको नियमन गर्ने सरोकार वाला निकाय खाद्य तथा गुण नियन्त्रण विभागमा दर्ता भइ औषधिसंगै फूड सप्लिमेन्ट्सको विक्रीबितरण गदैगर्दा विभागले एकतर्फीरुपमा फरक दृष्टिकोणले हेर्ने गरेको बताउनुभयो ।



त्यसअर्थमा अध्यक्ष मानन्धरले राज्यका दुइ नियमक निकायवीच त समझदारी बन्न नसकेको अवस्थामा प्रस्तावित विधेयकमा व्यवस्था गरिएको स्वास्थ्य क्षेत्रसंग सम्बन्धित थुप्र विषय भएका कारण सरोकारवाला व्यवसायीसंगको परामर्श महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । साथै उहाँले विदेशमा स्वास्थ्यसंग सम्बन्धित विभिन्न आयामको फरक- फरक निकायले नियमन गर्ने अभ्यास रहेको बताउनुभयो ।


त्यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले न्यूट्रास्युटिकल्स औषधि होइन भन्ने औषधि पसलबाट विक्री वितरण गर्न र अस्पतालले न्युट्रासिटीकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न नपाइने बताउनुभयो साथै उहाँले यो औषधि हो भने विभागमा दर्ता हुनु पर्ने जिकिर गर्दै न्युट्रासिटीकल्सको नाममा पूर्वाग्रही सोच राख्न नहुने बताउनुभयो ।


कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले प्रस्तावित विधेयक संगै औषधि व्यवसायको विविध आयामका विषयमा सुझाव सहित औषधि व्यवसायको क्षेत्रमा विद्यमान अनेकन समस्याको समाधानका लागि विधेयक महत्वपूर्ण रहेको प्रारम्भिक दफागत व्यवस्था महत्वपूर्ण रहेको बताउनुभयो  । कार्यक्रम संघका वागमती प्रदेश अध्यक्ष शम्भुलाम महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 


 


 

Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

औषधिसम्बन्धी कानुनले  समेट्न नसकेका थुप्रै विषय सम्बोधनका लागि विधेयक : नेता पौडेल

औषधिसम्बन्धी कानुनले  समेट्न नसकेका थुप्रै विषय सम्बोधनका लागि विधेयक : नेता पौडेल

Shreejan Jha