DiscoverKantipur Hotlineमन्त्रीपरिषद बैठक: जारी लकडाउनलाइ सरकारले यसरी गर्यो सहजीकरण
मन्त्रीपरिषद बैठक:  जारी लकडाउनलाइ सरकारले यसरी गर्यो सहजीकरण

मन्त्रीपरिषद बैठक: जारी लकडाउनलाइ सरकारले यसरी गर्यो सहजीकरण

Update: 2020-06-11
Share

Description

काठमाडौं जेठ २९. सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशका वीच बुधवार बसेको मन्त्रिपरिषदको जारी लकडाउनलाइ केहि सहजीकरण गरेको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो सहजीकरण गरेको हो ।  आज सूचना तथा सञ्चारमन्त्रालयमा बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले तत्कालै शुरु हुने सेवाआगामी असार १ गतेबाट शुरु हुने सेवायसवीचमा बन्द हुने सेवाको जानकारी दिनुभयो ।


सरकारले विगतदेखि नै सञ्चालन गरिएको अत्यावश्यक सेवालाई कायम राख्दै व्यापार व्यवसाय सञ्चालन तथा सर्वसाधारणको हिँडडुलमा सहजीकरण गरिएको छ । यस्तै उपत्यकाभित्र र जिल्लाभित्र चल्ने निजी सवारीमा जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ । मोटरसाइकल र साइकलको हकमा एक जना मात्रै सवार हुनुपर्ने र निजी गाडीको हकमा चालकबाहेक दुई जना मात्रै सवार हुन पाउने व्यवस्था गरिएको छ ।


त्यस्तै स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि तथा पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, भौतिक दुरी कायम गर्दै भिडभाड नहुने गरी पैदल आवागमन गर्न पाउने भएको छ ।


यस्तै नर्सरी तथा वनजन्य उद्यम, विकास आयोजना र निर्माण सेवा [निजी क्षेत्रको समेत] नदी तथा खानीजन्य उत्खनन्, सङ्कलन र ढुवानी तथा बिक्री वितरणलाई पनि सहजीकरण गरिएको छ । रेष्टुरेन्टबाट चलाउन नपाइने तर प्याकिङ सेवा लान सकिने व्यवस्था गरेको छ । क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन पनि सञ्चालन सरकारका प्रवक्ताले जानकारी दिनुभयो ।




 


साथै आगामी असार १ गतेदेखि सञ्चालन हुने सेवा अन्र्तगत सरकारी कार्यालय तथा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तयि संस्था दुई सिफ्टमा सञ्चालन गने व्यवस्था मिलाएको जानकारी दिनु भएको छ ।


त्यस्तैगरि हाललाइ बन्द गरिएको सेवामा शैक्षिक संस्था, अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेला ,सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा व्यूटीपार्लर, स्विमिङ्पुल, सपिङ मल, समूहमा खेलिने खुलकुद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुवाहक सवारी साधान छन् । जोरविजोर प्रणालीअन्तरगत उपत्यकाभित्र सञ्चालन हुने निजी सवारी बाहिर जान नपाउने तथा बाहिरका नीजि सवारी उपत्यका भित्रिन नपाउने व्यवस्था गरेको जनाएको छ ।


तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।












Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

मन्त्रीपरिषद बैठक:  जारी लकडाउनलाइ सरकारले यसरी गर्यो सहजीकरण

मन्त्रीपरिषद बैठक: जारी लकडाउनलाइ सरकारले यसरी गर्यो सहजीकरण

Shreejan Jha