DiscoverKantipur Hotlineनयाँ वर्षमा सुरसुधाको टोलीसँग महामृत्युञ्जयको सौगात लिएर आउँदै मनीषा
नयाँ वर्षमा  सुरसुधाको टोलीसँग महामृत्युञ्जयको सौगात लिएर आउँदै मनीषा

नयाँ वर्षमा सुरसुधाको टोलीसँग महामृत्युञ्जयको सौगात लिएर आउँदै मनीषा

Update: 2020-12-17
Share

Description

अनुप प्रधान /काठमाडौं पुस २,

३० वर्षदेखि बलिउडमा प्रभावशाली अभिनेत्रीको छवि बनाउादै क्रियाशील अभिनेत्री मनीषा कोइरालाको दैनिकी केहि फेरदल भएको छ । प्राय स्क्रिनमा अभिनय गरेको देखिने सिर्जनात्मक क्षेत्रकी व्यक्तित्व उनी राजधानीको मण्डिखाटारस्थित घरमा बँगैचाको स्याहार संगै किताब लेखन , साधना, ध्यान गरेर बिताउँछिन्। ,खालि बस्न नै नसक्ने मनीषा केही न केही काममा व्यस्त  नै हुन्छीन । यसैले उनि आफैलाइ भन्छीन उनी आफूलाई भन्ने गर्छिन्, ‘वर्कोहोलिक। काम गर्दा गर्दा यस्तो भयो कि खालि बस्न नै नसक्ने भएँ। कोभिडको बढ्दो महामारी सुरु भएसंगै उनी भारतबाट नेपाल आएकी हुन्।


त्यसोत यसवीचमा के गरौँ के गरौँ भइरहेको थियो । केही गर्ने हुटहुटी लकडाउन भनेर साम्य भएन।उनी शास्त्रीय संगीत ब्यान्ड ‘सुरसुधा’ को संगीतसँग परिचित थिइन्। सुरसुधाको संगीत, धुन उनलाई असाध्यै मनपर्थ्यो। त्यसैले उनले सुरसुधाका एक संस्थापक सदस्य सुरेन्द्र श्रेष्ठसँग कुराकानी गरिन्। भनिन्, ‘केही गरौँ न।’


मनीषालाई अभिनयमा भन्दा पनि सुरसुधासँग संगीतमा काम गर्न मन थियो। सुरेन्द्रले उनलाई आइडिया दिइहाले, ‘महामृत्युञ्जय मन्त्र।’ ‘मलाई भजन गाउन मन थियो। म भजन सुन्छु पनि,’ कोइरालाले भनिन्, ‘मैले सुरेन्द्र दाइलाई पहिलादेखि नै यस बारेमा कुराकानी गरेको थिए । सुरेन्द्र दाइले लकडाउनमा गरौँ भन्नुभयो।’ मनीषालाई शास्त्रीय संगीत असाध्यै मनपर्छ, त्यसैले उनी संगीत सुन्छिन्, केही बुझेकी पनि छन्। तर त्यसको मतलब यो होइन उनी संगीतको संरचनाको ढाँचामा स्वर भर्न सक्छिन्।


यो उनको शोख हो। त्यसैले पनि उनी रमाईरमाई यो यात्रा गरिरहेकी छन्। ‘म दिनुहँ रियाज गरिरहेकी छु, मलाई लाग्छ यसले मेरो अध्यात्म, ध्यानलाई सहयोग गर्छ,’ उनी भन्छिन्, ‘बिहानबिहान अभ्यास गर्दा आनन्द आयो, सारेगम गर्दा ध्यान गरेजस्तै भयो।’ मनीषाका अनुसार उनकी आमा शास्त्रीय गीत अनि नृत्यसँग परिचित हुनुहुन्छ, मनीषा भन्छिन्, ‘मलाई मेरो आमाको यो गुणको छिटा आएको छ।’ उनलाई नियालिरहेकी आमा सुषमा कोइरालाले गीत रेकर्ड गराएको थाहा पाएर अचम्म मान्दै सोधेकी थिइन् रे, ‘संगीत सिकेर रेकर्ड पनि गरिसक्यौँ ? कस्तो भयो ? आमाको उत्सुकतालाई हँसिलो अनुसार लगाएर मनीषाले सुनाइन्, ‘ठीक्क छ भनेँ।’


भजन किन ?


मनीषा आफ्नो अभिनय यात्रामा फरक फरक भूमिकाका देखिइन्। तर कलाकारिताकै अर्को क्षेत्र गायनमा देखिइनन्। अहिले सुरसुधाको टोलीसँग मिलेर उनले ‘महामृत्युञ्जय मन्त्र’ गाएकी छन्। यो मेरो पहिलो हो, आशा गर्छु अन्तिम नबनोस्१’ हाँस्दै उनी भन्छिन्, ‘पहिलोपल्ट गाएको भजनको कस्तो प्रतिक्रिया आउँछ, मन पराउनुहुन्छ। राम्रो भएन भने सोख हो, रहर पूरा गरेँ भन्ने हुन्छ।’




उनको रहर गीत गाउने, सँगै शास्त्रीय नृत्य गर्ने, पेन्टिङ गर्ने अनि बगैँचाको काम गर्ने पनि हुन्। उनलाई यी काम गर्दा मज्जा आउँछ। मन्त्र रेकर्ड गराउँदाको समय पनि उनको लागि आनन्ददायी थियो। अध्यात्म उनको यात्रा हो। यो प्रक्रिया उनको ‘खुसी’ हुने यात्रा हो। नयाँ यात्राको थालनी गर्दा जतिसुकै परिपक्व भएपनि कौतुहलले छोड्ने रहेनछ। मनीषालाई हिजो आज गीत सार्वजनिक भएपछि ‘कसले के भन्ला?’ भन्ने चासो बढिरहेको छ। ‘मान्छेले मन पराउलान् कि मन नपराउलान् भन्ने संकोच त हुँदो रहेछ। तर पनि म प्रार्थना गरिरहेको छु।’


सुरसुधाको अनुभव:


मनीषाले सुरसुधाको संगीतको व्याख्या गरिन्। ‘यो पूरा यात्रामा मेरो स्वर अलि कम, उहाँको संगीतको ओज धेरै छ,’ मनीषाले भनिन्, ‘मैले त गीत गाउँदा उहाँहरुले ‘ए यो मनीषाको स्वर हो १’ भन्नुभयो।’ उनले आश नभएको ठाउँमा ठीकठाक गायकीलाई पनि स्वीकार गरिएको बताइन्।उनलाई रियाज गर्न सरस्वती खत्रीले सहयोग गरिन्। सुरसुधाका संस्थापक सदस्य सुरेन्द्र श्रेष्ठले आफ्नो संगीतमा मन्त्र रेकर्ड गर्न लागेको बताए। उनका अनुसार मन्त्र भिडियोसहित सार्वजनिक हुँदै छ।


मनीषालाई स्वर दिन लगाउँदाको सुरेन्द्रको अनुभव यस्तो छ, ‘कलाकारलाई गीत गाउन लगाउन गाह्रो हुँदैन भन्ने मेरो सोच थियो। त्यसमाथि उहाँले बच्चैबेलादेखि सरगम अभ्यास गर्नुहुने रहेछ। उहाँले मजासँग सिक्नुभयो।’ सुरेन्द्र भन्छन्, ‘नेपालको तर्फबाट विश्वमा नै राम्रो सन्देश जान्छ होला।’ मन्त्रमा स्वर मनीषा कोइराला र सरस्वती खत्रीको रहेको छ । तबला सुरेन्द्र श्रेष्ठले बजाएका छन्। सितार राजीव श्रेष्ठ, प्रेम राणा ‘औतारी’ ले बाँसुरी अनि विकास सुनारले गितार बजाएका छन्। शुक्रबार पाटनको दरबार क्षेत्रमा मन्त्रको भिडियो छायांकन हुँदै थियो। अभिनेत्री मनीषा आफैले गाएको भजनको भिडियो बनाउने अनुभव बटुल्दै थिइन्। खुसीको यात्रा गर्दै थिइन्।

Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

नयाँ वर्षमा  सुरसुधाको टोलीसँग महामृत्युञ्जयको सौगात लिएर आउँदै मनीषा

नयाँ वर्षमा सुरसुधाको टोलीसँग महामृत्युञ्जयको सौगात लिएर आउँदै मनीषा

Shreejan Jha