DiscoverKantipur Hotlineसंसद विघटन विरुद्ध टौमढीमा घण्टी बजाएर विरोध प्रदर्शन
संसद विघटन विरुद्ध टौमढीमा  घण्टी बजाएर विरोध प्रदर्शन

संसद विघटन विरुद्ध टौमढीमा घण्टी बजाएर विरोध प्रदर्शन

Update: 2021-05-27
Share

Description

भक्तपुर जेठ१४,

पाँच दलिय गठबन्धनले भक्तपुरमा कोभिडको निःशुल्क र सहज उपचारको व्यवस्थाको माग सहित संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध थाल र घण्टी बजाएर विरोध प्रदर्शन गरेका छन। टौमढीस्थित पाँच तल्ले मन्दिर परिसरमा बिहिवार साँझ ७ बजे आयोजित कार्यक्रममा तीन मिनेट लगातार रित्तो थाल र घण्टी बजाएर विरोध प्रदर्शन गरेका हुन।



 


थाल र सिटी बजाउने कार्यक्रम पछि प्रदर्शनकारीहरुले प्रधानमन्त्री के पी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी समेत गरेका थिए। जिल्ला प्रशासन कार्यालय र महानगरिय प्रहरी परिसर भक्तपुरको करिव डेढ सय मिटर नजिक भएको सो कार्यक्रममा उल्लेख्यरुपमा सुरक्षाकर्मी परिचालन भएपनि प्रहरीले कुनै हस्तक्षेप भने गरेन।


कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुंगेल, जिल्ला सदस्य रविन्द्र प्रधान, भक्तपुर नगरसभापति राम अवाल, पुर्व जिल्ला सभापति गणेशमान चक्रधर, बागमति प्रदेशसभा सदस्यहरु रजनी जोन्छें, कृष्णलाल भँडेल र प्रतिमा श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेताहरु दिलिपकुमार प्रजापति, डि पि ढकाल र सुनिल बासु, जसपाका नेता श्याम शिल्पकार, नेकपा एमालेका नेता रामगोपाल चगुठी, जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरी खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो। त्यस्तै पाँच दलिय गठबन्धनले चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित पिपलबोट चोकमा पनि रित्तो थाल, सिटी र घण्टी बजाएर विरोध प्रदर्शन गरेको झौखेलका कांग्रेस नेता धर्मराज थापाले जानकारी दिए।


प्रधानमन्त्री के पी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको ठहर गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त गठबन्धन बनाएर भक्तपुरमा विरोधका कार्यक्रम गर्दै आएका छन। सोही अनुसार आजै बिहान जिल्लाका सार्वजनिक चोकहरुमा कालो झण्डा र अपिल टाँसेका थिए।


यसैगरी नेपाल तरुण दल भक्तपुरको नेतृत्वमा भक्तपुरको सल्लाघारी चोकमा रित्तो थाल, सिटी र घण्टी बजाएर संसद विघटनको विरोध गर्दै जुलुस प्रदर्शन गरेका थिए। जिल्ला अध्यक्ष राजु थापाको नेतृत्वमा आयोजित कार्यक्रममा करिव ३ दर्जन युवाहरुको सहभागिता रहेको थियो।

Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

संसद विघटन विरुद्ध टौमढीमा  घण्टी बजाएर विरोध प्रदर्शन

संसद विघटन विरुद्ध टौमढीमा घण्टी बजाएर विरोध प्रदर्शन

Shreejan Jha