DiscoverKantipur Hotlineकान्तिपुरमा धर्नामा बसेका पत्रकारमाथि आक्रमण [भिडियो सहित]
कान्तिपुरमा धर्नामा बसेका पत्रकारमाथि आक्रमण [भिडियो सहित]

कान्तिपुरमा धर्नामा बसेका पत्रकारमाथि आक्रमण [भिडियो सहित]

Update: 2023-11-08
Share

Description

काठमाडौ कार्तिक २२,

पत्रकारहरुलाई गैरकानुनी रुपमा निष्काशन गरेको विरुद्ध कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडी धर्नामा बसेका पत्रकारमाथि आक्रमण प्रयास भएको छ । बुधबार नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्दोलनको कार्यक्रम भइरहेका बेला एक अपरिचित युवाले आक्रमण प्रयास गरेको हो ।


आज पत्रकार महासंघको केन्द्रीय समितिको निर्णय अनुसार एसोसिएट प्रदेश समिति र प्रतिष्ठान प्रदेश समितिको संयोजनमा कानुन विपरीत कान्तिपुरबाट निकालिएका पत्रकारहरुको न्यायका लागि धर्नामा बसेको हो ।


धर्ना कार्यक्रम अन्र्तगत कार्यक्रम सञ्चालन हुँदै गर्दा ती युवाले कार्यक्रम सञ्चालन गरिरहेका नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका महासचिवमाथि ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट पत्रकार टिकाराम प्रधान सामान्य घाइते छन ।  आक्रमण गर्ने युवा को हुन भन्ने खुलेको छैन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’




भिडियो स्रोत: सामाजिक सञ्जाल


कान्तिपुर दैनिकले गैरकानुनी रुपमा पत्रकार निष्कासन तथा सरुवा गरेको विषयमा नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकको कार्यालय अगाडि दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत मंगलवार महासंघ उपत्यका प्रदेश समितिको नेतृत्वमा धर्ना दिइएको थियो ।


यसैवीच नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत पत्रकारलाई गैरकानुनी रुपमा गरेको निष्कासन तथा सरुवाविरुद्ध थालिएको आन्दोलनमा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


त्यस्तै विज्ञप्ति शान्तिपूर्ण प्रदर्शनमा रहेका कान्तिपुर प्रभावित पत्रकारहरूमाथि भएको यो घटनाको जिम्मेवारी कान्तिपुर व्यवस्थापन भएको महासंघको ठहर सहित घटनामा संलग्न आक्रमणकारीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गर्न ल्याउन महासंघले सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।


 

Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

कान्तिपुरमा धर्नामा बसेका पत्रकारमाथि आक्रमण [भिडियो सहित]

कान्तिपुरमा धर्नामा बसेका पत्रकारमाथि आक्रमण [भिडियो सहित]

Shreejan Jha