DiscoverKantipur Hotlineनेखापा संस्थानका शाखा प्रमुखलाइ सरोकार मञ्चको ७ बुँदे ज्ञापन
नेखापा संस्थानका शाखा प्रमुखलाइ  सरोकार मञ्चको ७ बुँदे ज्ञापन

नेखापा संस्थानका शाखा प्रमुखलाइ सरोकार मञ्चको ७ बुँदे ज्ञापन

Update: 2020-07-13
Share

Description

मानव स्वास्थ्य प्रतिकुल रहेको पानी जनजनको घर-घरमार भन्ने भ्रम सहित जनतालाइ पानीको नाममा मन्द विष, आखिर किन ?


काठमाडौं असार २९ , १९ वडा सरोकार मञ्चले आज नेपाल खानेपानी संस्थान क्षत्रपाटी शाखाका कार्यालय प्रमुखलाइ ७ बुँदे ज्ञापन पत्र बुझाएका छन ।

मञ्चको ज्ञापन पत्र मुलत काठमाडौं महानगरपालिका वडा न.१९ कंकेश्वरी मन्दिर परिसरस्थित डिप वोरिङ्गमा वाग्मती प्रदेश सदस्य राजेश शाक्यको प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत असारे मेलोमेसो अनुरुप सस्तो लोकप्रियता आर्थिक चलखेलकै लागि फिल्टर प्लान्ट जडानका नाममा मानवीय स्वास्थ्यको लागि डिप वोरिङ्गबाट उत्पादित पानी अहितकर छ भन्ने जान्दा जान्दै र बुझ्दा बुझ्दै पनि ताक परे तिवारी नत्र गोतामेको मनोभाव अनुरुप मानव स्वास्थ्य प्रतिकुल रहेको पानी जनजनको घरघरमार भन्ने भ्रम सहित सञ्चालन हुँदै गरिएको परियोजना केन्दीत रहेको थियो ।


त्यस्तै ज्ञापन पत्रमा मानव स्वास्थ्यको लागि प्रयोग अनुकुल नभएको पानी र पिउने पानी र डिप वोरिङ्गबाट उत्पादित पानी एउटै पाइपलाइन बाट प्रवाह गर्दै जनतालाइ पानीको नाममा मन्द विष पिलाउने अमानविय क्रम तत्काल बन्द सरोकारवाला निकायका प्रमुखको गम्भीर ध्यानाककर्ष समेत गराइएको थियो ।

साथै उक्त वोरिङ्गबाट उत्पादित पानी स्थानीय वडाको सिङ्गो क्षेत्रमा वितरणको पूर्वाधार बनाउनु भन्दा पनि निहित स्वार्थ सहित आसपासका वडा अर्थात प्रदेश सासंदको चुनावी क्षेत्र लक्षित हुदै वितरण गर्ने कार्ययोजना तय भएको पक्ष प्रति समेत विमति प्रकट गर्दै पानी माथि हुँदै आएको राजनितीको चरम अराजकता र विकासका नाममा जनस्वास्थ्यमाथि खेलवाड गर्ने नियति प्रति संस्थान मौन रहेको एजेन्दा समेत उठान गरिएको छ ।


त्यस्तै बहु प्रतिक्षित मेलम्ची परियोजनाको पानी वितरण हुने अवस्थाको सकारात्मक वातावरण बन्दै गएका कारण यसवीचमा डिप वोरिङ्गको आवश्यकता र औचित्य नभएकै कारण फिल्टर प्लान्ट र ट्याङ्की निमांणको नाममा अनपेक्षित आर्थिक अनियमितताकै लागि प्रस्तुत योेजना कार्यान्वयन गर्न खोजेको विषयगत एजेन्दा उठान गरिएको छ ।




 


यसैवीच ज्ञापन पत्र बुझ्दै संस्थानका शाखा प्रमुखले मञ्चको तर्फबाट उठन गरिएको माग सम्बोधनका लागि आफु सरकारात्म रहेको र जहाँसम्म वोरिङ्गबाट उत्पादित पानी बजारमा चलेको हल्ला जस्तो पिउन नभइ घरायसी प्रयोजनका लागि मात्र योग्य रहेको विषयगत जानकारी सम्बन्धीत प्रदेश सासंद समेत लाइ गराइसकेको बताउनुभयो ।

साथै उहाँले यस विषयमा पुन जानकारी प्रवाह गर्दै पाइपलाइन विस्तार नभएको क्षेत्रमा पाइप लाइन विस्तार गर्न, त्यस्तै प्रस्तुत परियोजनाको निर्माण पछि संस्थानको कार्यक्षेत्र भएकै कारण उक्त परियोजना संस्थानलाइ हस्तान्तरण भएपछि पानी वितरण गर्ने काम मात्र संस्थानको भएको र अहिले के कसरी काम भइरहेको छ त्यस विषयमा संस्थानलाइ कुनै जानकारी नभएको जनाउ समेत दिनु भएको छ।


साथै उहाँले संस्थानको बाँसवारी र महाक्काल वितरण केन्द्रमा मात्र मानव स्वास्थ्यका लागि अहितकर रहेको यावत तत्व फिल्टर गर्ने प्लान्ट जापान सरकारको सहयोगमा जडान भएको जानकारी दिदै प्रस्तुत डिप वोरिङ्गमा जडान गर्ने भनिएको फिल्टर प्लान्टको प्रकृति समेत आफुलाइ जानकारी नभएको बताउदै यस विषयमा आफुले पुन एकपटक सरोकार पक्षसंग प्राप्त ज्ञापन सहित छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो


तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।











loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

नेखापा संस्थानका शाखा प्रमुखलाइ  सरोकार मञ्चको ७ बुँदे ज्ञापन

नेखापा संस्थानका शाखा प्रमुखलाइ सरोकार मञ्चको ७ बुँदे ज्ञापन

Shreejan Jha