DiscoverKantipur Hotlineसंक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रजिअलाइ
संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रजिअलाइ

संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रजिअलाइ

Update: 2020-08-18
Share

Description

काठमाडौं भाद्र २ ,


मन्त्रिपरिषद्को सोमबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडाले बढ्दो कोभिड १९ को जोखिम नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० अनुसार जारी भएका आदेशका रुपमा व्याख्या गर्दै ती सबैको कार्यान्वयनको जिम्मा प्रमुख जिल्ला अधिकारीहरुलाई दिने निर्णय भएको बताउनुभएको छ ।


त्यस्तै सरकारका प्रवक्ता डा खतिवडाले कोभिड जोखिम नियन्त्रण गर्ने क्रममा प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन २०२८ ले दिएका अधिकारहरु प्रयोग गर्न पाउने जानकारी दिदै प्रस्तुत असधकार अनुरुप सम्बन्धीत जिल्लाका प्रमुख जिल्लाअधिकारीले सम्बन्धित जिल्लाभरी वा जिल्लाको कुनै भागमा मात्रै पनि निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रत्यायोजित भएको जानकारी समेत दिनुभयो ।


त्यसैगरी बैठकले सिन्धुपाल्चोक र कालिकोट लगायत विभिन्न जिल्लामा बाढीपहिरोमा परे ज्यान गुमाएकाहरुका परिवारलाई प्रति मृतक २ लाख र एकै परिवारका एकभन्दा बढीको मृत्यु भएको भए जनही थप १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जानकारीदिनुभयो ।



साथै सरकारले प्रेस काउन्सिल कार्य व्यवस्था नियमावली संशोधन गर्दै प्रेस काउन्सिल नेपालमा दुर्गा भण्डारी र दीपक पाण्डेलाई नियुक्त गर्नुको अलावा संशोधित नियमावली अनुसार कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको ठाउँमा दुर्गा भण्डारीलाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री खतिवडाले जानकारी दिनुभयो । साथै उहाँले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय ज्ञानेन्द्रराज भण्डारी,तापस अधिकारी र रामकाजी खड्कालाई बेल्जियम र युरोपेली युनियका , पाकिस्तानका र जर्मनीका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको बताउनुभयो ।


त्यस्तै सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ भने नर्वे सरकारले दिएको ४ अर्ब रुपैयाँ अनुदान पनि स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।


तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।












Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रजिअलाइ

संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रजिअलाइ

Shreejan Jha