संसदमा आज भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुले सभामुखले लिनुपर्छ:कांग्रेस
Description
काठमाडौं जेठ ३,
प्रतिपक्ष नेपाली कांग्रेसले आज संसद्मा भएको गतिविधिको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएको छ । आज बसेको संसद बैठकमा सत्ता पक्ष र सभामुखबाट भएको व्यवाहरबाट सदनको भूमिका निर्वाह गर्न सभामुख चुकेको ठहर संगै यसवीचमा भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुले लिनुपर्ने बताएको छ ।
पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री समेत रहेको काँग्रेस सासंद गगन थापाले बुधवार नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केपी ओलीले हुंकार गरेको त्यसलाई सभामुखले आदेशपालकका रुपमा आदेश पूरा गरेको आरोप संगै एमाले अध्यक्ष ओलीले वातावरण बिगार्ने प्रयास गरेको भन्दै खेद प्रकट गरेको छ । आज संसदमा भएको विवादको प्रमुख जड एमाले अध्यक्ष ओली नै भएको कांग्रेसका महामन्त्री गगन थापाले आरोप लगाउनु्भयो बताउनुभयो ।
आज बिहानैदेखिको राजनीतिक भेटघाट र छलफलबारे सभामुख र प्रधानमन्त्री समेतलाइ जाकारी दिदै आजको लागि निर्धारित संसद बैठक सार्नका लागि गरेको आग्रहको उपेक्षा भएको बताउनुभयो । साथै आजको बैठकमा सभामुखले तीन दलका नेताको निर्देशन पालना गर्दै बैठकमा सिर्जना गरेको गरेको बताउँदै सासंद थापाले कांग्रेसले सभामुखको भूमिका जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्न समेत सचेत गराउँनुभयो ।
त्यस्तै उहाँले आज संसदमा भएको विवादको विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनु पर्ने भन्दै उहाँले सहमझदारी चाहेको होकि भिडन्त त्यसको जवाफ दिनु पर्ने बताउनुभयो ।
साथै उहाँले शुक्रवार बस्ने संसद बैठकमार्फत संसदीय छानविन समिति बनाउँदै सहकारी पिडितको माग सम्बोधन गर्दै अगाडी बढ्नुको विकल्प नभएको जनाउसंगै सहकारी ठगलाइ कारवाही गर्ने कि जोगाउने हो त्यसको निरुपणका लागि संसद सबै दलले सोच्नु पर्ने बताउनुभयो । त्यस्तै सरकारले संसदीय समिति नवनेसम्म अव कुनै पनि कारवाही नचल्ने बताउनुभयो ।
तत्कालिन प्रतिपक्षी दल नेकपा एमालेले अर्थमंत्री रामशरण महतको अमेरिकी बैंकमा खाता रहेको आरोप लगाउँदै लगातार संसद अबरुद्ध गरेपछि अर्थमन्त्री महतले २०५३ साल साउन १३ गते आइतबार संसदलाई संबोधन गर्दै संसदबाटै पदबाट राजीनामाको घोषणा गरेको स्मरण समेत गर्नुभयो ।
भिडियो सभार :सरोकार टेलिभिजन




