DiscoverKantipur Hotlineसंसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस
संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस

संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस

Update: 2024-05-19
Share

Description

  गृहमन्त्री  लामिछानेले आज सदनमा भनेका सबै विषयमा aGg]  समिति  काँग्रेसलाइ स्वीकार्य


काठमाडौं जेठ ६,


नेपाली कांग्रेसले सामेवार बस्ने संसदको बैठक अघि संसदीय छानबिन समिति गठन नभए प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक चल्न नदिने बताएको छ ।  सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै सदनको बैठक अवरुद्ध गर्दै आइरहेको प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले आज बसेको संसदको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफुमाथि लागेको आरोपको प्रष्टिकरण दिएपछि काँग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक समेत चल्न नदिने बताउनुभएको हो ।


पत्रकार सम्मेलनमा काँग्रेसका महामन्त्री समेत रहेका गगन थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने अन्यथा सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बैठक अवरुद्ध गर्ने बताएको हो ।



त्यस्तै पत्रकार सम्मेलनमा महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेले आज सदनमा भनेका सबै विषयमा समिति बनाउँदा काँग्रेसलाइ स्वीकार्य रहेको भन्दै समिति बनाउन चुनौती समेत दिएका छन ।  साथै विदेशीलाइ देशको सूचना बेच्ने एजेन्टको जानकारीसंगै कृषि अनुदानको रकम हिनामिनाको प्रसंगमा दिएको अभिव्यक्ति लक्षित हुँदै महामन्त्री थापाले देशको सूचना बेच्ने एजेन्टका विषय र रकम हिनामिनाका विषयमा गृहमन्त्रीसँग जानकारी छ भने तत्काल अनुसन्धानका लागि   चुनौती दिदै  गृहमन्त्रीको आजको प्रष्टिकरण समग्रमा संसदलाइ बहकाउने प्रयास भएको समेत बतानुभयो ।


भिडियो साभार: सरोकार टेलिभिजन


 

Comments 
In Channel
loading
00:00
00:00
x

0.5x

0.8x

1.0x

1.25x

1.5x

2.0x

3.0x

Sleep Timer

Off

End of Episode

5 Minutes

10 Minutes

15 Minutes

30 Minutes

45 Minutes

60 Minutes

120 Minutes

संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस

संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस

Shreejan Jha