सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न माग
Description
काठमाडौं जेठ ८,
सङ्घीय संसदअन्तर्गतको आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँ संगै आज पनि संसदको वेल घेराउ गरेको छ।
आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगीको छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश [टिओआर] मा सहमति भएर समिति नबनेसम्म संसद् चल्न नसक्ने बताउदै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।
सासंद कांग्रेसका सहमहामन्त्री समेत रहेका संसद सदस्य बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताउनुभएको हो ।
त्यस्तै उहाँले गृहमन्त्रीले संसदमा प्रष्टिकरण दिने क्रममा काँग्रेस महामन्त्री गगन थापा र उपसभापति माथि लगाएको आरोपको पुष्टि गर्न माग गर्दै संसदमा देशको सूचना वेच्ने एजेन्ट को हो ? देखाउँन चुनौती दिनुभयो । साथै त्यस्ता एजेन्टलाइ तत्काल गलहत्याउँन गृहन्त्रीलाइ साथ दिने होइन भने आरोप लगाउँनेलाइ गलहत्याउँन पनि पछि नपर्ने चेतावनी दिनुभयो ।
त्यस्तै सहमहामन्त्री पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कानूनको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्ने भए पनि आग्रह र पूर्वाग्रह पूर्ण कसैमाथि कारबाही भएको खण्डमा कांग्रेस चुप लागेर नबस्ने बताउनुभयो ।




